सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनकुटा र तेह्रथुममै हिउँ परेपछि खेल्न पुगे धराने युवाहरु

धनकुटा र तेह्रथुममै हिउँ परेपछि खेल्न पुगे धराने युवाहरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- धनकुटा र तेह्रथुम हिमाली जिल्ला होइनन्। कोशी करिडोरको मध्यपहाडी जिल्ला धनकुटा र तेह्रथुम शुक्रबार अपरान्ह भने हिउँ परेर हिमाली जिल्ला झैँ बने।

पहाडमा हिउँ जमेर हिमाल झैँ देखिन थालेपछि धरानबाट युवाहरु धनकुटा पुगे। यसरी पुग्नेमा थिए धनकुटा घर भएर धरानमा बस्ने युवा भुवन काफ्ले। दिउँसो १ बजेपछि हिउँ परेको फोटोहरु सामाजिक सञ्जालमा भेटेपछि हिउँ खोज्दै काफ्ले धनकुटाको सिँधुवा पुगे। 

आफ्ना साथीसहित पुगेका काफ्लेले जिवनमा पहिलो पटक यस्तो अनुभव गरेको बताए। उनले भने, ‘म धनकुटामै जन्मेहुर्केको भएपनि यस्तो हिउँ परेको भने आज पहिलोपटक अनुभव गर्दैछु।’ दुई हजार मिटर हाराहारीको उचाईका क्षेत्रमा हिउँ परेको आफूले पहिलोपटक देखेको काफ्लेले बताए। 


काफ्लेसँगै हिउँ हेर्ने यात्रामा धरान उपमहानगरपालीकाको पर्यटन समितिका सहसंयोजक तथा खोकु छिन्ताङ दुख्यो कि बोलको गीतका जनगायक किशोर थुलुङ लगायतको ९ जनाले टोली थियो। 

मध्यपहाडी जिल्ला धनकुटाका चित्रे, सिँधुवा  मात्रै हैन तेह्रथुको बसन्तुपुर र लसुनेलगायतका थुप्रै स्थानहरुमा हिउँ परेको हिउँ हेर्न हिँडेका जनगायक किशोर थुलुङले बताए। चिसो बढेकोले सामान्य जनजिवनमा असर गरेपनि हिउँ पारखीहरुको लागी भने आजको मौसमले धेरै सहज बनाएको थुलुङले बताए।

'म सोलुखुम्बुमा जन्मेको मान्छे हो’, हाल तेह्रथुम सदरमुकाम म्याङ्लुङ पुगेको बताएका जनगायक किशोर थुलुङले भने, ‘सोलुखुम्बुमा र अन्य उत्तरी हिमाली जिल्लाहरुमा मात्रै देखिने हिउँ शुक्रबार मध्यपहाडका उपल्ला क्षेत्रमा पनि हिमालकोजस्तै हिउँ अनुभुत गर्न पाइयो।’ 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।