काठमाडौं- अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा दशैं मेला’ अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत १० करोड रुपैयाँभन्दा बढीको छुट र ३ करोड रुपैयाँ बराबरका उपहार उपलब्ध गराइने कम्पनीले जनाएको छ।
असोज ९ देखि २२ गतेसम्म सञ्चालन हुने मेलामा ‘डिल अफ द डे’, ‘बाइ वन गेट वन’, ‘१ रुपैयाँ गेम’ जस्ता अफर समावेश छन्। साथै यही मेलाको अवसर पारी कम्पनीले ५ नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ। यसअन्तर्गत साउन्डबार, स्पिकर, स्मार्टवाच, पावरबैंक र इयरबड्स छन्।
अल्टिमा वेभबारस् कम्पनीले होम थियटर अनुभवको लागि दुई प्रकारका साउन्डबार (वेभबार १२० र वेभबार २००) सार्वजनिक गर्दैछ। यी साउन्डबारहरू क्रमशः १२० वाट र २०० वाटका छन्, जसमा बास बुस्टर, ब्लुटुथ कनेक्टिभिटी, आरएमएस सपोर्टजस्ता विशेषता समावेश छन्।
अल्टिमा वाच एक्टिभ: यो बलियो डिजाइन र आइपी प्रमाणीकरण सहितको घडी हो, जुन साहसिक गतिविधिहरूको लागि उपयुक्त हुने कम्पनीको भनाइ छ। यसमा एएमओएलइडी डिस्प्ले, ७ दिनको ब्याट्री लाइफ, एप सपोर्ट जस्ता सुविधा छन्।
अल्टिमा साउन्डबक्स: कम्पनीले दुई प्रकारका नयाँ स्पिकर (साउन्डबक्स एस २० र एस ५०) पनि ल्याएको छ। यी २० वाट र ५० वाटका स्पिकरहरू हुन्, जसले उच्च गुणस्तरको साउन्ड प्रदान गर्ने कम्पनीको भनाइ छ।
अल्टिमा बुस्ट: पावरबैंकको क्षेत्रमा कम्पनीले नयाँ संस्करण ल्याएको छ, जसमा म्यागसेफ वायरलेस चार्जिङ, २२.५ वाटको पावर आउटपुट र १०,००० एमएएच क्षमताको ब्याट्री सहित मिनी, प्रो र अल्ट्रा संस्करणहरू उपलब्ध छन्। प्रो संस्करणमा २०,००० एमएएच र ३०,००० एमएएच ब्याट्री क्षमता छ, जबकि अल्ट्रा संस्करणमा ६५ वाट चार्जिङ सपोर्ट र २०,००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ।
अल्टिमा प्राइम १।०स् अल्टिमाले २७ सेप्टेम्बरमा आफ्नो नयाँ उत्पादन प्राइम १।० पनि सार्वजनिक गर्ने योजना बनाएको छ, जसका थप विवरण पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
अल्टिमाले मेलामा निम्न अफर ल्याएको छ:
१ रुपैयाँको चमत्कार: केही भाग्यमानी ग्राहकले १ रुपैयाँमा अल्टिमाका उत्पादनहरू किन्न पाउनेछन्।
बाइ वन गेट वन: अल्टिमा एटम १९२ किन्ने ग्राहकले अर्को एक इयरबड्स निःशुल्क पाउनेछन्।
दैनिक पैसा असुल डिल: प्रत्येक दिन एउटा उत्पादनमा विशेष छुटको अफर।
मालामाल कम्बो: नयाँ उत्पादनहरूसहित विशेष छुटका कम्बो अफरहरू।
गिफ्ट र बम्पर उपहार: मेलाको दौरान दैनिक एउटा वेभबार र मेलाको अन्त्यमा एक भाग्यमानी ग्राहकले एक ट्रकभरि उपहार जित्नेछन्, जसमा वेभबार, टिभी, फ्रिज र अन्य थुप्रै उपकरण समावेश हुनेछन्।