आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • असोज ९ गतेदेखि उपत्यकाबाहिर सिप्रदीको ‘टाटा केयर क्याम्प’

असोज ९ गतेदेखि उपत्यकाबाहिर सिप्रदीको ‘टाटा केयर क्याम्प’

 |  मंगलबार, असोज ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

काठमाडौं- टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले काठमाडौं उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ।  

National life

यसले टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी  (विजुलीमा आधारित) गाडीहरुलाई लक्षित गरेको छ। यो क्याम्प यही असोज ९ गतेदेखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौडा, ढल्केबार र मेचीमा अवस्थित  पीभीका सेवा सम्बन्धि सञ्जालहरुमा  सञ्चालन  हुनेछ।

कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागीहुने  ग्राहकहरुले विभिन्न  विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन।उनीहरुले ब्याट्री, सस्पेन्सन, ब्रेक लगायत कम्प्युटर  परीक्षण जस्ता सुविधा  निशुल्क पाउनेछन्।  

यसैगरी, ग्राहकहरुलाई पार्टपुर्जा र  लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं  लेबर चार्जमा  ५० प्रतिशतको छुट दिइनेछ भने टप वाशिंग सित्तैमा गरिनेछ।आफ्नो ग्राहकवर्गलाई उत्कृष्ट भन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिवद्धता अनुरुप यो क्याम्प आयोजना गर्न लगिएको सिप्रदी जानकारी गराएको छ।  
 

प्रकाशित: Sep 24, 2024| 10:29 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्