बिहीबार, असार १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा दुई बीमा योजना सार्वजनिक

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा दुई बीमा योजना सार्वजनिक

 |  मंगलबार, असोज ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

vianetvianet

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औं वार्षिकोत्सवका अवसरमा दुई वटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ।

सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो।

सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको मृत्यु भएमा रकम भुक्तानी दिइने छ। यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुने र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको २ प्रतिशतसम्म मासिक आय सुविधा रकम उपलब्ध गराइने व्यवस्था रहेको कम्पीनले जनाएको छ। यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बीमा कम्पनीले व्यहोर्ने आकर्षक विशेषता रहेको जनाइएको छ।

‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्नका लागि अघि सारिएको बीमा योजना रहेको कम्पनीले जनाएको छ। यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट सुरुवात गरिएको कम्पनीको दाबी छ।

अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालीन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

आठौं वर्ष प्रवेशसँगै कम्पनीले सूचना सुरक्षा व्यवस्थापन (इन्फरमेसन सेक्युरिटी म्यानेजमेट)सँग सम्बन्धित आईएसओ २७००१ संपरीक्षण भएको र आगामी दिनमा कम्पनीलाई स्तरीकरण गर्न उक्त व्यवस्था लागु गर्ने प्रतिबद्धता जनाइएको छ। यसका लागि प्रमाणीकरण गर्ने निकायबाट अडिट सम्पन्न भएको कम्पनीले जनाएको छ।
 

प्रकाशित: Sep 24, 2024| 10:28 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्