सोमबार, असोज ७, २०८१

नेपाली बजारमा लोकप्रिय बन्दै टाटा पन्च ईभी

 |  सोमबार, असोज ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ७, २०८१

काठमाडौं- नेपाली बजारमा बिक्री सुरु भएको केही समयमै टाटाको ईभी एसयूभी लोकप्रिय बन्दै गइरहेको छ।

triton college

हालै भृकुटीमण्डपमा सम्पन्न नाडा अटो शो २०२४ मा सार्वजनिक भएको पन्च ईभीले त्यतिबेलै धेरैको ध्यान तानेको थियो। धेरै आगन्तुकको आकर्षण बनेको थियो पन्च ईभी। सरल मूल्यमा आकर्षक डिजाइनमा बनेको टाटा पन्च ईभीले नेपाली बजारमा बलियो उपस्थिति जनाइसकेको छ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी लन्च गर्ने बित्तिकै पाँच हजारभन्दा धेरै गाडी पारखीले यसबारे जिज्ञासा राखेका थिए। पन्च ईभी नाडा अटो शोमा पहिलो दिनमै एक सयभन्दा धेरै युनिट बुकिङ भएको थियो।

टाटाले ल्याएको पन्च डट ईभी नेपाली बाटो र माटो सुहाउँदो रहेको कम्पनीको भनाइ छ। यो ईभी तीन भेरियन्टमा उपलब्ध छ। टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरियन्टमा उपलब्ध छ। प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआईको मूल्य ३६ लाख ९९ हजार र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

Untitled-1-1727083433.jpg
कम्पनीले यो गाडी मिडियम र लङ रेन्ज गरी दुई किसिमको ल्याएको हो। मिडियम रेन्जलाई एमआर नाम दिइएको छ भने लङ रेन्जलाई एलआर भनिएको छ। सिप्रदीका अनुसार पन्च ईभीमा मिडियम रेन्जमा कम्पनीले २५ किलोवाट आवर क्षमताको ब्याट्री र लङ रेन्जमा ३५ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ।

Metro Mart
vianet

मिडियम रेन्जले ८० बीएचपीको पावर उत्पादन गर्न सक्छ भने लङ रेन्जको पावर १२० बीएचपी रहेको छ। त्यस्तै एमआरमा ११४ न्युटन मिटर टर्क छ भने एलआरमा १९० न्युटन मिटर टर्क छ।

सिंगल चार्जमा एमआरले ३ सय १५ किलोमिटर र एलआरले ४ सय २१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

पन्च ईभीमा ३.५ किलोवाट एसी वाल चार्जरले  एलआर साढे नौ घण्टा र एमआर साढे १३ घण्टामा फुल चार्ज हुन्छ। ७.२ किलोवाट चार्जरले एमआरलाई साढे तीन घण्टा र एलआरलाई साढे पाँच घण्टामा फुल चार्ज गर्न सकिन्छ भने ५० किलोवाट डीसी फास्ट चार्जरले शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न ५६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

सबैभन्दा कम रेन्जको गाडीमा ६० किलोवाटको मोटर राखिएको छ भने लङ रेन्जमा ९० किलोवाट आवर क्षमताको मोटर छ। गाडीमा ३६० डिग्री क्यामरा जडान छ भने टप भेरिएन्टमा चार वटै टायरमा डिस्क ब्रेक र अन्यमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक छ।

यो गाडीको मुख्य आकर्षण भनेको यसको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम हुनु हो। पन्च ईभीलाई लेदर र फेब्रिकबाट बनेको सिटले लक्जरियस पनि बनाएको छ। स्टेयरिङमा पनि लेदर कभर रहेको छ।

गाडीमा स्मार्ट डिजिटल चार्जिङ इन्डिकेटर, स्मार्ट डिजिटल ह्विल स्टेयरिङ, एलईडी प्रोजेक्टर हेडल्याम्प र स्मार्टवाचबाटै कन्ट्रोल गर्न सकिने वायरलेस एन्ड्रोइड एन्ड एप्पल कारप्ले सिस्टम पन्च ईभीमा छ।

यसमा इलेक्ट्रिक सनरुफ पनि छ, जसको कन्ट्रोल आवाजबाटै गर्न सकिन्छ। ६ वटा एयरब्यागले गाडी सुरक्षित बनाएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा पनि पन्च ईभीको बिक्री उत्साहजनक रहेको कम्पनीले बताएको छ।

 

प्रकाशित: Sep 23, 2024| 21:10 सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्