सोमबार, जेठ १८, २०८३

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप

 |  सोमबार, असोज ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज ७, २०८१

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ। अस्पतालमा डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो।

National life

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए। उनले बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको उल्लेख गरे। उनका अनुसार, अस्पतालमा डेंगी, स्क्रब टाइफस र रेबिजका ५५ बिरामी भर्ना गरी उपचाररत छन्।

अस्पतालका निर्देशक डा. बसौलाले हाल दैनिक आठ बिरामी उपचारका निम्ति आउने गरेका बताए। तीमध्ये धेरै डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन्।

भदौयता डेंगीका १९५, स्क्रब टाइफसका १३ र सर्पदंशका ७१ बिरामीले उपचार गराएका छन्। स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्ने गर्छ।

मुसामा हुने किर्ना प्रायः खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्छ। हिजोआज मानिस घाँसपात गर्न जाने गर्छन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्छ। चिकित्सकका अनुसार, मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन।

Shivam cement

धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अंगले काम गर्न छाड्नु, किराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्नेजस्ता स्क्रब टाइफसका लक्षण हुन्।

समयमा यसको उपचार नगरिए मिर्गौला, कलेजोमा असर पर्ने अस्पतालका निर्देशक डा. बसौलाले बताए।

१०० शय्याको स्वीकृत पाएको अस्पतालमा हाल ८५ शय्यामा सञ्चालनमा छ। रासस

प्रकाशित: Sep 23, 2024| 14:36 सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्