मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा पन्च ईभीको सुरुवाती भेरियन्टमा नै सनरुफ, यस्ता छन् अन्य विशेषता

टाटा पन्च ईभीको सुरुवाती भेरियन्टमा नै सनरुफ, यस्ता छन् अन्य विशेषता

 |  सोमबार, असोज ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज ७, २०८१

काठमाडौं- सामान्यतया सनरुफ भएको एसयूभी गाडी महँगो नै हुन्छ। कुनै पनि कम्पनीको सनरुफ एसयूभीलाई ४० लाख रुपैयाँभन्दा माथि नै पर्छ।

National life

तर, सबै सनरुफ एसयूभी महँगा नै हुन्छन् भन्ने होइन। टाटा कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ३४ लाख रुपैयाँमै सनरुफ भएको एसयूभी नेपाली बजारमा लिएर आएको छ।

यो वर्षको नाडा अटो शोमार्फत बिक्री सुरु भएको टाटा पन्च ईभी एसयूभीलाई उपभोक्ताले निकै मन पराएका छन्। कम्पनीले ३३ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरू गरेको पन्चको सुरूआती भेरियन्टमा नै तपाईंले सनरुफ पाउन सक्नुहुन्छ।

टाटा पन्चमा सनरुफ त छ नै, ग्राउन्ड क्लियरेन्स पनि राम्रो छ। कम्पनीका अनुसार यसमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। पार्किङका हिसाबले पनि यो गाडी सजिलो रहेको उपभोक्ताले बताएका छन्। यसको बडी डिजाइन धेरै हदसम्म टाटा नेक्सन ईभीको जस्तो देखिन्छ ।
इन्ट्री मोडल एसयूभी खोज्ने उपभोक्ताको चाहनालाई पन्चले पूरा गर्ने कम्पनीको भनाइ छ। पन्च ईभीका तीन भेरियन्ट नेपाली बजारमा उपलब्ध छन्। दुई भेरियन्ट लङ रेन्ज हो भने एउटा भेरियन्ट मिड रेन्ज हो।

पन्च मिड रेन्ज (एमआर)मा २५ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसको मूल्य ३३ लाख ९९ हजार तोकिएको छ। यो फुल अप्सन मोडल हो। यसमा ब्याट्री बाहेक सम्पूर्ण फिचर लङ रेन्जको टप भेरियन्टकै पाउन सकिन्छ।

Laxmi sunrise bank
kumari

त्यस्तै लङ रेन्जमा मिड अप्सन मोडलको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसमा ३५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। त्यसैगरी, यसको टप भेरियन्ट सनरुफसहित उपलब्ध छ। यसको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू भएको छ।

पन्च ईभीलाई लेदर र फेब्रिकबाट बनेको सिटले लक्जरियस पनि बनाएको छ। स्टेयरिङमा पनि लेदर कभर छ।

गाडीमा स्मार्ट डिजिटल चार्जिङ इन्डिकेटर, स्मार्ट डिजिटल ह्विल स्टेयरिङ, एलईडी प्रोजेक्टर हेडल्याम्प र स्मार्टवाचबाटै कन्ट्रोल गर्न सकिने वायरलेस एन्ड्रोइड एन्ड एप्पल कारप्ले सिस्टम रहेका छन्।

यसमा रहेको इलेक्ट्रिक सनरुफलाई आवाजबाटै कन्ट्रोल गर्न सकिन्छ। ६ वटा एयरब्यागले गाडीलाई सुरक्षित बनाएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा पनि पन्च ईभीको बिक्री उत्साहजनक रहेको कम्पनीले बताएको छ।

प्रकाशित: Sep 23, 2024| 13:31 सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्