सोमबार, जेठ १८, २०८३

प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान

 |  सोमबार, असोज ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज ७, २०८१
National life
Shivam cement

काठमाडौं- सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि रु एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ। शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले बृद्धि भएको थियो।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ। 

प्रकाशित: Sep 23, 2024| 11:21 सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्