सोमबार, साउन ११, २०८३

कैलालीको चुरे क्षेत्रमा अवैध रुख कटानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको चुरे क्षेत्रमा सामुदायिक वनकै मिलेमतोमा अवैध रुपमा रुख कटान भएको पाईएको छ।
 
चुरे गाउँपालिका-६ मा रहेको शिद्ध प्रगतिशिल सामुदायीक बनमा सडक निर्माण र वैज्ञानिक वन व्यवस्थापनको नाममा अवैध रुपमा रुख कटान भईरहेपनि नियमनकारी निकाय भने निष्क्रिय देखिएका छन्। 

रुख कटानीका लागि अनिवार्य रुपमा रुख कटानीको आदेश माग्नुपर्ने भए पनि चुरे गाउँपालिको शिद्धप्रगती सामुदायीक वनमा भने उक्त नियमको धज्जी उडाईएको हो। उल्टै जुन–जुन क्षेत्रमा राम्रो रुखहरु छन् सोही क्षेत्रमा सडक घुमाएर लैजाने परिपाटी मौलाएको छ। कटानी आदेश नलिएरै काटिएको रुखको काठ कता जान्छ कसैलाई थाहा नभएको स्थानीयले बताए। 

विकट क्षेत्रमा रहेको सामुदायीक वनमा अवैध रुपमा रुख कटान भएपनि स्थानीयले बोल्न सकेका छैनन् भने नियमनकारी निकायको ध्यान पुग्न सकेको छैन । सामुदायीक वनका अध्यक्ष हर्क वहादुर साउदले पनि सडक निर्माणका लागि रुख कटानी गरिएको बताए। 

उनले गाउँको विकासका लागि रुख कटानी गर्नुपर्ने भएकाले अनुमती नभएपनि रुख काटीएको स्वीकार गरे। हुन त उक्त सामुदायीक बनमा गत बर्ष मात्रै बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएकाले साल र सल्ला गरि ६७ वटा रुख कटानीको आदेश दिईएको थियो। अन्य २ सय ५८ वटा ढलापडा रुख काट्ने आदेश दिदै झण्डै २७ हजार क्युफिट काठ संकलनको योजना बन कार्यालयको थियो । तर सामुदायिक वनले भने झण्डै १९ हजार क्युफिट मात्रै संकलन भएको जनाएको छ । तर स्थानीय वासिन्दाले भने टाचाँ नगरिएका रुखहरु पनि कटान गरिएको तर काठ लुकाएर कम देखाईएको आरोप लगाएका छन्। 

कैलालीको चुरे गाउँपालिकाले घरघरमा सडक पुर्‍याउने नाराका साथ अहिले धेरै स्थानमा नयाँ सडकको ट्रयाक खोलेको छ। तर रुख कटानीको आदेश भने गाउँपालिकाले एक पटक पनि मागेको छैन् । सडकको कुनै मापदण्ड ४ मिटर चौडाई बनाउने भएपनि छेउछाउमा रुखहरु परे ८ मिटर सम्म चौडा सडक बनाएर रुख काटीएको छ । तर वनका कर्मचारीहरु भने जनप्रतिनिधिहरुका अगाडी निरिह देखिएका छन्।

ईलाका वन कार्यालय खानीडाडाका प्रमुख डवल बोहराले रुख कटानीको आदेश नलिएको स्वीकार गरे। गाउँपालिका अध्यक्ष धनवहादुर बहादुर रोक्कामगरले वातावरणीय प्रभाव मुल्याङकन भएको दावी गरे तर रुख कटानीको आदेशको बारेमा भने केहि भन्न चाहेनन्। स्थानीय तहको नेतृत्व गर्ने वनप्रतिनिधिहरु नै आफु अवैध काममा संग्लन हुने क्रम बढ्दै गएपछि त्यसको सिको गर्दै अन्यले पनि अवैध रुपमा काम गर्ने क्रम बढिरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।