सोमबार, असोज ७, २०८१

झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख राजस्व

 |  आइतबार, असोज ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ६, २०८१

झापा- जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६६ लाख १५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व संकलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए।

triton college

सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा १० लाख पाँच हजार पाँचसय रूपैयाँ राजस्व संकलन भएको छ। यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका छन्।

कार्यालयको तथ्यांकअनुसार साउन १० र भदौमा छ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ। सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र तीन सय ६० जना सामान्य घाइते भएका थिए।

प्रनानि गौतमकानुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा दुई सय ३६ दुर्घटना भएका छन्। यस अवधिमा दुई सय २६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जिप/कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए। रासस 

प्रकाशित: Sep 22, 2024| 19:01 आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्