आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकको २४औं वार्षिकोत्सवका अवसरमा चाडपर्वलक्षित अफरै अफर

Siddartha premir insuranceSiddartha premir insurance

माछापुच्छ्रे बैंकको २४औं वार्षिकोत्सवका अवसरमा चाडपर्वलक्षित अफरै अफर

 |  आइतबार, असोज ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ६, २०८१

काठमाडौं- माछापुच्छ्रे बैंकले २४औँ वार्षिकोत्सव तथा आउँदै गरेका चाडपर्वलाई लक्षित गरी डिजिटल सेवामा अफरै अफर सार्वजनिक गरेको छ  असोज १७ बाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्न लागेको बैंकले चाडपर्व समेतलाई लक्षित गरी डिजिटल सेवामा विभिन्न क्यासब्याक तथा विशेष छुट अफर ल्याएको हो ।

triton college

ग्राहकले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधा जस्तै : मोबाइल बैंकिङ (MBL M SMART APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत अतिरिक्त सुविधा पाउन सक्नेछन् ।

असोज १ देखि ३० सम्मको अवधिमा बैंकको मोबाइल बैंकिङ (एमबीएल एम स्मार्ट), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ । जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा सतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म कार्ड नवीकरण शुल्कमा सतप्रतिशत छुट पाउनेछन् ।

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको एकमुष्ट २४ सयमात्रमा प्रदान गर्ने जनाएको छ । साथै, बैंकले मोबाइल बैंकिङ (एमबीएल एम स्मार्ट) सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजनाअन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।

Metro Mart
vianet

साथै बैंकले असोज १ देखि १८ सम्मका लागि डिजिटल कारोबारमा प्रोत्साहन र प्रवर्धनका लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत ग्राहकमको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने भएको छ । सही उत्तर दिने सहभागीमध्ये भाग्यशाली विजेताले आकर्षक उपहार पाउन सक्नेछन् ।

साथै, यस क्यामपिएन अवधिभर बैंकबाट जारी डिजिटल माध्यमबाट कारोबार गर्ने ग्राहक र डिजिटल भुक्तानी लिने मर्चेन्टहरुका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सद्वारा प्रायोजित विविध उपहार जस्तै : टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्ज कार्ड तथा आकर्षक गिफ्ट भौचरहरु प्रदान गर्नेछ ।

प्रकाशित: Sep 22, 2024| 16:31 आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्