सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै नागरिक लगानी कोष

सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै नागरिक लगानी कोष

 |  आइतबार, असोज ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज ६, २०८१

काठमाडौं- नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ। कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो कुरा बताएका हुन्।

National life

उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको बताउँदै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको देशमा मात्रै आम नागरिक खुसी हुने बताए। कोषले प्रदान गर्दै आएको नागरिक पेन्सन योजना लगायतका अन्य कार्यक्रमले मात्रै सबै नागरिकलाई तनावरहित बनाउन सहयोग पुर्‍याउने उनको भनाइ थियो।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कोषसँग सहकार्य गर्न निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। राज्यले एउटै प्रकृतिको ३ वटा कोष सञ्चालन गरेको हुँदा कसमा जाने भन्ने अवस्था आएको भन्दै त्यसलाई लगानी कोषले स्पष्ट बनाउनुपर्ने उनको धारणा थियो।

कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएकाहरुले कोषले सञ्चालन गरिरहेका कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकांक योजनाका बारेमा प्रश्न राखेका थिए।

त्यस्ता प्रश्नहरुको विशेष अतिथिको रूपमा कोषको का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठले सम्बोधन गर्दै कोषले सञ्चालन गरिरहेको कार्यक्रमहरुको बारेमा जानकारी दिएकी थिइन्। स्वास्थ्य बिमा कार्यक्रमको सम्बन्धमा राखिएको प्रश्नमा कोषले अहिले उक्त कार्यक्रम सञ्चालन नगरेको उनले स्प्ष्ट पारिन्।

Shivam cement

उपदान कोषमा १५ प्रतिशत कर लिएको सम्बन्धमा २०७५ सालसम्म कोषले ५ प्रतिशत मात्रै कर कट्टी गर्ने गरेकोमा त्यसपछि सरकारले १५ प्रतिशत कर लिने व्यवस्था गरे पनि अदालतले ५ प्रतिशत मात्रै कर कट्टी गर्न दिएको आदेशको पालाना कोषले गरिरहेको जानकारी नायव कार्यकारी निर्देशक श्रेष्ठले दिइन्।

 

प्रकाशित: Sep 22, 2024| 15:29 आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्