सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् छलेर ल्याइएको अध्यादेश फिर्ता गर्न गगन थापाको माग 

संसद् छलेर ल्याइएको अध्यादेश फिर्ता गर्न गगन थापाको माग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसद छलेर ल्याएको अध्यादेश फिर्ता लिन सरकारलाई माग गरेका छन्। प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐन नबनी संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै थापाले फिर्ता गर्न माग गरेका हुन्।

उनले भने, 'सरकारलाई अनुरोध छ, अध्यादेश फिर्ता लैजानुस्। तत्काल तीनै तहको ऐन बनाउनुस्। संसद्‍मा रातारात काम गरौं। हामी काम गर्न तयार छौं। कर्मचारीको समस्या समाधान गर्ने कुरामा सरकारसँग मिलेर काम गर्ने प्रस्ताव गर्दै म यो अध्यादेश फिर्ता लिन माग गर्दछु।

कर्मचारी समायोजनमा सुल्टो बाटो हिँड्न प्रधानमन्त्रीलाई आफूहरूले पटक-पटक आग्रह गरे पनि प्रधानमन्त्रीको रुची अर्कै कुरामा रहेको भन्दै गगनले कटाक्ष गरे।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई हामीले पटक-पटक भन्यौं- नबोल्नुस्, काम गर्नुस्। तर दु:खका साथ भन्नुपर्छ, प्रधानमन्त्रीज्यूको जम्मा दुईवटा रुची छ- कि बोल, कि पोल!’

गगनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार सदनमा दिएको अभिव्यक्तिप्रति पनि कटाक्ष गरे।

‘नेकपाका अध्यक्षले हिजो यो सदनमा भन्नुभयो- लोकतान्त्रिक प्रणाली छिटोछिटो विकास हुने प्रणाली होइन। नाच्न नजान्ने आँगन टेडो यस्तोलाई भन्छ । हुन त सरकारले चलाएको कामको ढंग नपुगिसके पछाडि यस्तो कुतर्क गर्न हामी बाध्य हुन्छौं।’

कर्मचारी समायोजन अध्यादेशलाई बेढंगी कदमको संख्या दिँदै गगनले कर्मचारी आन्दोलनको पक्षमा पनि आवाज उठाए।

‘संघ, प्रदेश र स्थानीय यी तीनै तहमा कर्मचारी आन्दोलनमा छन्। अब सरकारले के गर्छ ? कि पहिले जस्तै यी थाङ्नेहरू हुन् भनेर घोक्र्याएर पठाउँछ!’ गगनले भने, ‘यदि त्यसो हो सरकारले पहिला सरकारले ऐनामा आफ्नो अनुहार हेरोस्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।