सोमबार, साउन ११, २०८३

घुस दिन खोज्‍ने 'गोरु तस्कर' पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रहरीलाई घुस खुवाउन खोज्‍ने गोरु तस्कर पक्राउ परेका छन् । बाँकेबाट झापा हुँदै भारततिर गोरु तस्करी गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । उनीहरुले तस्करीका लागि ल्याएका गोरुलाई छुटाउन माग गर्दै प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोलपुरका प्रमुख डीएसपी रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने  हेटौंडा–४ का अब्दुल देवान र कोहलपुर–१२ का नवराज थापा पक्राउ परेका हुन्। प्रहरीले तस्करीका गोरु बाहिर लान नदिएपछि उनीहरुले डीएसपी सिंहको कार्यकक्षमै पुगेर घूस दिन खोजेका थिए । 

प्रहरीका अनुसार तस्करहरुले बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेललाई घूस रकम दिइसकेको प्रारम्भिक बयान दिइसकेका छन् । यस सम्बन्धमा प्रदेश प्रहरी कार्यालयले तुलसीपुरले पनि अनुसन्धान थालेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।