शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • प्रणामी बचत तथा ऋण सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न 

प्रणामी बचत तथा ऋण सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न 

 |  शुक्रबार, असोज ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ४, २०८१

काठमाडौं- प्रणामी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारणसभा साथ सम्पन्न भएको छ ।

triton college

"एउटै अभियान: एउटै आवाज" सुरक्षित साकोस: समुन्नत समाज" सन्तुष्ट सदस्य सबल सहकारी" भन्ने मुल नाराका साथ न्यूरोडको मारवाडी सेवा समाजको सभाहलमा संचालन भएको बार्षिक साधारणसभामा आव २०८०/०८१ मा उत्कृष्ट काम गरेको भन्दै सहकारीका कर्जा अधिकृत दिपेन्द्र बहादुर रावललाई यस बर्षको उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित गरेको छ ।

बार्षिक १५ औं साधारण सभामा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत, लेखा समितिको प्रतिवेदन प्रस्तुतसँगै छलफल सहित सहकारी संस्थाले सेवाग्राहीलाई दिने सेवा सुविधा र बार्षिक गतिविधिबारे बृहत् छलफलका साथै समीक्षा गरिएको थियो ।

संस्थाका अध्यक्ष देविन्द बहादुर श्रेष्ठको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, बतचकर्ता लगायत सरोकारबालाहरूको बाक्लो उपस्थिति थियो।

आगामी दिनमा सहकारी संस्थाको बिकाससँगै बचत र सेयर लगानीकर्ताको बचत सुरक्षित सहित भविष्यमा उत्कृष्ट संस्था बनाउन सबैको साथ र रचनात्मक सल्लाह सुझावको अपेक्षा पनि संस्थाले गरेको छ।
 

Metro Mart
vianet

प्रकाशित: Sep 20, 2024| 14:30 शुक्रबार, असोज ४, २०८१
प्रतिक्रिया दिनुहोस्