सोमबार, जेठ १८, २०८३

सुनको भाउ १५ सय बढ्यो

 |  शुक्रबार, असोज ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ४, २०८१

आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँ छ।

National life

यो बिहीबारको तुलनामा एक हजार पाँच सय रूपैयाँ बढी हो। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

गत असोज एक गते सुनको मूल्य हालसम्मकै उच्च अर्थात् एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ५५ रूपैयाँले बढेको छ।

बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ पुगेको छ।

Shivam cement

प्रकाशित: Sep 20, 2024| 12:42 शुक्रबार, असोज ४, २०८१
प्रतिक्रिया दिनुहोस्