सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नौ उजुरीबारे सोध्‍न प्रस्तावित प्रधान्यायाधीश चोलेन्द्रलाई बोलाइयो

नौ उजुरीबारे सोध्‍न प्रस्तावित प्रधान्यायाधीश चोलेन्द्रलाई बोलाइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध परेका नौवटा उजुरी बारे छलफल गर्न पुस १५ गते राणालाई डाकेको छ । समितले राणा विरुद्ध उजुरी दिने नौ जनासँग शुक्रबार सामान्‍य छलफल गरेपछि राणालाई नै छलफलका लागि बोलाएको हो।  समितिले उजुरीकर्तालाई आफ्नो उजुरीको पुष्टि गर्न छलफलका लागि नौजनालाई बोलाएको थियो ।

राणाले न्यायाधीश रहँदा गरेका केही फैसलाका विषयलाई लिएर उजुरी परेका थिए । कांग्रेसका तत्कालीन नेता जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा राणाले सफाइ दिएका सम्बन्धनमा,पर्साको छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने फैसला गरी आर्थिक लाभ लिएको,  तत्कालीन अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाह (राणा) को दाइजोलाई सही ठहर गरेको, विभिन्न व्यक्ति र समूहबाट आर्थिक लाभ लिएर हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको, पशुपतिनाथ भण्डारी तहकित कार्यालयसमेत मुद्दामा राणाले मोटो रकम असुल गरी फैसला गरेको, रोयल्टी नतिरेपछि बन्द भएका क्यासिनो सञ्चालनको फैसला गरेको, गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने विभिन्न फैसला गरेकोलगायतका उजुरी राणा विरुद्ध परेका थिए । 

संवैधानिक परिषद्ले मंसिर २७ गते राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राणाको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । 

सर्वोच्चका बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते स्वभाविक अवकाश पाउँदैछन्।

यो पनि पढ्नुहोस्
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध कस्ता उजुरी परे ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।