बुधबार, चैत १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • के भइरहेको छ सेयर बजारमा ? कारण खोज्न नेप्से पुगे अर्थमन्त्री

के भइरहेको छ सेयर बजारमा ? कारण खोज्न नेप्से पुगे अर्थमन्त्री

 |  बुधबार, असोज २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज २, २०८१

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा पुगेर सेयर बजारमा भइरहेको घटबढप्रति चासो देखाएका छन्।

National life

बुधबार भद्रकालीस्थित नेप्से कार्यालयमा पुगेर उनले सेयर बजारमा आइरहेको उतारचढावबारे चासो राखेका हुन्।

अर्थमन्त्री पौडेलले नेप्सेको तीव्र उतारचढाव कहिलेसम्म हुन्छ भन्ने विषयमा कर्मचारीहरूसँग जिज्ञासा राखेको उनको सचिवालयले जनाएको छ। नेप्सेले प्रयोग गरिरहेको प्रविधिमा थप वा सुधार के गर्न सकिन्छ भन्ने विषयमा पनि उनले छलफल गरेका थिए।

धितोपत्र बोर्ड र नेप्सेले एकआपसमा समन्वय गरेर जानुपर्नेमा मन्त्री पौडेलले जोड दिएका थिए। नेप्सेलाई प्रभाव पार्ने प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए। लगानीकर्ताको सुरक्षामा उनले जोड दिएका थिए।

प्रकाशित: Sep 18, 2024| 17:44 बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्