सोमबार, साउन ११, २०८३

नेकपा स्थायी कमिटी बैठक : एकता टुंग्याउन कार्यदल गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेकपाले पार्टीको संगठनात्मक एकताको गृहकार्य गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा रामबहादुर थापा, शङ्कर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र लेखराज भट्ट सदस्य छन् । कार्यदलले दुई साताभित्र प्रतिवेदन तयारी गरी आगामी बैठकमा सुझाव दिने र त्यसका आधारमा तल्ला तहको एकताको काम टुङ्गो लगाउने कार्यदल सदस्य रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराइले बताए ।

त्यस्तै बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन शुक्रबार सम्पन्न बैठकले पारित गरेको हो । गत मङ्सिर २९ गते सुरु भएको सो बैठकमा पार्टी र सरकारको कामबारे घनीभूत छलफल भएपछि सदस्यले दिएका सुझाव, आलोचना र पूरक प्रस्तावलाई ध्यानमा राखी प्रतिवेदन पारित गरेको छ । बैठकमा नेता वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रस्ताव पेस गरेका थिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई गठन भएको नेकपामा हालसम्म प्रदेश कमिटीले मात्र पूर्णता पाएको छ भने जिल्ला कमिटी र जनसङ्गठनको एकता बाँकी छ । यसअघि पार्टीको सचिवालयको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्गो लगाउन महासचिव पौडेलको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको थियो । 

यो पनि पढ्नुहोस्
ओली-प्रचण्ड खटपटका तीन कारण 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।