काठमाडौं- सिप्रदी ट्रेडिङको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुमको उद्घाटनसँगै वीरगन्जमा पन्च ईभीको डेलिभरी सुरु भएको छ । एक कार्यक्रमका बीच गाडी बुक गरेर बसेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिको साथै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम,उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ प्रा.लि वीरगन्ज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
पन्च इभिको रिजनल लन्च अन्तर्गत वीरगन्जको लन्चको मौका पारेर नयाँ शोरुमको पनि उद्घाटन गरेको प्राइम अटो ट्रेडर्सको निर्देशक सुबोध सापकोटाले जानकारी दिए । साथै सोही कार्यक्रममा पन्च इभि बुक गरेका ग्राहकहरूलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको बताए । टाटा पन्च इभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार रहेको छ।