सोमबार, साउन ११, २०८३

रहेनन् लोकगायक बुद्धिकृष्ण लामिछाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार निधन भएको छ। मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित लामिछानेको ६० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।

उनको जन्म २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा भएको थियो। उनका घाँस काट्ने खुर्केर..., गाई त बाँध्ने पाटको दाम्लो..., पिँढीमा बसेर मेरै बाटो हेरेर... बोलका लाकभाका निकै चर्चित छन्। लामिछाने लोकगीत संकलक पनि हुन्।

उनले प्रसिद्ध टेली सिरियल जिरे खर्सानीको केही भागमा अभिनय गरेका थिए। लोक गायन र अभिनयमा पोख्त लामिछानेलाई विदेश लैजाने ठूलो रहर हुँदा हुँदै लान नसिकएकोमा जिरे खुर्सानीका निर्देशक जितु नेपालले दुख व्यक्त गरे।

उनले लोक गायकको रुपमा लामो समय सम्म रेडियो नेपालमा योगदान दिएका छन्। उनको पार्थिव शरीरलाई दाह संस्कारका लागि घाटतर्फ लैजाने तयारी भइरहेको परिवार श्रोतले बताएको छ। उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।