बुधबार, असोज १, २०८२

एनसेल फाउन्डेसन घोषणा

 |  मंगलबार, असोज १, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १, २०८१

vianetvianet

काठमाडौं- एनसेलले आफ्नो १९ औं वार्षिकोत्सवका अवसरमा एनसेल फाउन्डेसन स्थापनाको घोषणा गरेको छ।

Kumaribank

सामाजिक उत्तरदायित्वका कार्यहरूलाई संस्थागत रूपमै अघि बढाउने लक्ष्यसहित समाजका हरेक वर्गको उत्थान र सशक्तिकरणका लागि सहयोग गर्ने प्रतिबद्धतास्वरुप फाउन्डेसन सुरु गरिएको एनसेलले जनाएको छ।

यस फाउन्डेसनमार्फत एनसेलले १९ वटा प्रोजेक्टका लागि प्रति प्रोजेक्ट १० लाख रुपैयाँका दरले १ करोड ९० लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले भविष्यमा १०० वटा प्रोजेक्ट, १ करोड ३० लाख मानिसको जीवनमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्ने र सामाजिक योगदानमा २ अर्ब लगानी गर्ने लक्ष्य लिएको एनसेलको वेबसाइटमा उल्लेख छ।

वार्षिकोत्सव कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले १९ औं वार्षिकोत्समा १९ मिलियन रुपैयाँ लगानी गरिने १९ वटा प्रोजेक्टहरूका लागि आवेदन खुला भइसकेको जानकारी दिए। यसका साथै एनसेलको ‘बिमा सधैं अन’ प्याकेज मार्फत दुर्घटना बिमा, यात्रा बिमा र मोबाइल स्क्रिन बिमा एक्टिभेट गर्न सकिने कम्पनीका चिफ कर्मसियल अफिसर उमेर मोहसिनले बताए। यो सेवा एनसेल एपमार्फत लिन सकिने उनले जानकारी दिए।

उनका अनुसार सधैं अन प्याकेजअन्तर्गतकै सेवा भएका बिमाका लागि अतिरिक्त शुल्क लाग्दैन । सधैं अनको ३९९ रुपैयाँको प्याकेजमा फरक क्षमता भएका व्यक्तिलाई आजिवन ५० प्रतिशत छुट दिइने पनि कार्यक्रममा जानकारी गराइएको थियो।

Metro Mart

‘एनसेलको उद्देश्य मुनाफा माात्रै कमाउने होइन, एनसेल नाफाका लागि गरिएको व्यापार होइन,’ सीईओ जाब्बोरले भने, ‘हरेक दिन र हरेक समय धेरै होहल्ला नगरी, शान्त रूपमा गरिरहेका कामहरू पनि हो एनसेल जसलाई धेरैले ध्यान दिएका छैनन् ।’ दूरसञ्चार क्षेत्र अप्ठ्यारो समयबाट गुज्रिरहेको भए पनि धैर्यता र लगावले यो स्थितिबाट अघि बढ्दै समाजमा योगदान पुर्‍याउने र नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई पनि सघाउने एनसेलको उद्देश्य रहेको उनको भनाइ थियो।

प्रकाशित: Sep 17, 2024| 14:23 मंगलबार, असोज १, २०८१
प्रतिक्रिया दिनुहोस्