बिहीबार, भदौ ४, २०८३

सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

 |  सोमबार, भदौ ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३१, २०८१

सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गरेका हुन्। 

जसको चालूतर्फ ४०.६५ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ ५९.३२ अर्थात १८ अर्ब ७६ करोड २४ लाख रहेको छ। 

असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको हो।

तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले असार १ गते पनि ३१ अर्ब ६२ करोड ९८ हजार बराबरकै बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए।

प्रकाशित: Sep 16, 2024| 19:16 सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्