काठमाडौं-सशस्त्र प्रहरी बलमा कार्यरत आठ एसपी बढुवाको सिफारिसमा परेका छन् । गृहमन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले आठ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
समितिले सिफारिस गरेका एसपीहरुमा भगवान मल्ल, भिमबहादुर थापा, कालिदाश धौवजी, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने, फणिन्द्रराज पौडेल र इन्द्रराज कार्की छन् ।
बढुवामा परेका एसपीहरुका विषयमा चित्त नबुझे सात दिनभित्रमा बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिने व्यवस्था मिलाएको जनाएको छ ।
बढुवामा सिफारिस परेकाहरुविरुद्ध उजुरी परे सुनुवाइ हुने तथा उजुरी नपरे स्वतः एसएसपीमा बढुवा हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४