सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकद्वारा विद्यालयमा निर्मित बहुउद्देश्यीय हल हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा विद्यालयमा निर्मित बहुउद्देश्यीय हल हस्तान्तरण

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

सिद्धार्थ बैंकले कास्कीको अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरेको बहुउद्देश्यीय हल औपचारिक रुपमा हस्तान्तरण गरेको छ।

National life

हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा  विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले गरे। बैंकले उक्त हल निर्माण गर्नुका साथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ।

यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्दै उनीहरुको आत्मविश्वासमा पनि वृद्धि ल्याउने विश्वास गरिएको छ। यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरु मार्फत विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा पोख्त बनाउन, शैक्षिक सामग्री अनलाइन मार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्‍याउने विश्वास बैंकले लिएको छ।

बैंकले  स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने बैंकको उद्देश्य रहेको छ।

 

Shivam cement

प्रकाशित: Sep 15, 2024| 15:56 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्