सोमबार, असार १, २०८३

ग्लोबल आइएमई बैंकलाई सिंगापुरमा दुईवटा अवार्ड

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट ब्यांक नेपाल र बेस्ट ब्यांक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ।

National life

सिंगापुरमा बिहीबार आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका छन्। सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड हो।

ग्लोबल आईएमई बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, ब्यांकिङ क्षेत्रमा भित्र्याएको नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रमा गरेको लगानी तथा उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको जनाइएको छ।

ग्लोबल आईएमई बैंक दोस्रो पटक बेस्ट ब्यांक नेपाल अवार्डबाट सम्मानित भएको हो। यसअघि पनि सन् २०२२ मा बेस्ट बैंक नेपाल अवार्ड प्राप्त गरेको थियो।

ग्लोबल आईएमई बैंकका देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको छ। ब्यांकका एक हजार १०० भन्दा बढी सेवा केन्द्र छन्, जमास ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहीत बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।

Shivam cement

 

प्रकाशित: Sep 15, 2024| 15:56 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्