मंगलबार, पुस १, २०८२

५० अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो।

National life

लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो। तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ। 

आज विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौ सय ५७ बराबरको कारोबार भएको छ। यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो। 

आजको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ। वित्त समूह तीन दशमलव ५३ र होटल तथा पर्यटन समूह तीन दशमलव ६८ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ शून्य दशमलव ९३, विकास बैंक दुई दशमलव ५१, जलविद्युत् एक दशमलव ४८, लगानी दुई दशमलव ८० र जीवन बीमा समूह दुई दशमलव ७४ प्रतिशतले घटेको छ। 

उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७९, लघुवित्त एक दशमलव ८८, म्युचुअल फन्ड एक दशमलव ६१, निर्जीवन बीमा दुई दशमलव १६, व्यापार शून्य दशमलव ९० र अन्य समूह दुई दशमलव २३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।

Laxmi sunrise bank
kumari

आज दुई सय १९ कम्पनीको शेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ। जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ६४ करोड ३८ लाख ६६ हजार सात सय ८० बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडको नौ लाख ३४ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच भएको छ।
---

प्रकाशित: Sep 15, 2024| 15:36 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्