सोमबार, साउन ११, २०८३

इँटामा नयाँ प्रविधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-भक्तपुर इटाँ उद्योगका लागि पहिलेदेखि नै प्रसिद्धि कमाएको ठाउँ हो । यहाँ विगत लामो समयदेखि परम्परागत रुपमा हातले इँटा तयार पारिन्थ्यो । चिम्नीमा हालिन्थ्यो । त्यसैले इँटा उद्योग वातावरण प्रदूषणको एउटा कारक थियो । तर अहिले नयाँ प्रविधि भित्रिएसँगै मजदुरलाई काम गर्न सजिलो भएको छ भने वातावरण प्रदूषण पनि घट्न थालेको छ ।

जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योगमा आधुनिक मेसिन र प्राविधिक उपकरण प्रयोग गरेर इँटा तयार पार्न थालिएको छ । २०७२ सालको भूकम्पपछि उद्योगले नयाँ प्रविधि भित्र्याइएको हो ।

बिटिटी मेसिन प्रयोग गरी दैनिक ५० देखि ८० हजार हाराहारीमा काँचो इँटा तयार हुने इन्जिनियर रामबाबु रन्जितकारले बताए । काँचो इँटा सेटिङ हुन १५ दिन लाग्छ । त्यसपछि भट्टामा हालिन्छ । 

चिनियाँ मेसिनबाट बनाइएको इँटामा लोगो हुँदैन । यसरी बन्ने इँटा बढी गुणस्तरीय हुने व्यवसायी बताउँछन् । यस्ता मेसिनबाट एकपटकमा ८० हजार इँटा तयार हुने जानकारी रन्जितकारले दिए । उद्योगमा २२ वटा च्याम्बर छन् । इँटा पोल्न नौ सय डिग्री सेलसियसभन्दा बढी तापक्रम चाहिन्छ । एकपटकमा साढे नौ हजारदेखि १० हजारसम्म इँटा सेटिङ हुन्छ । 

भट्टाको बाहिरपट्टि ससाना प्वाल हुन्छन् । त्यस्ता प्वालबाट कोइला भित्र पठाइन्छ । एक केजी कोइलाले १२ वटासम्म इँटा पोल्न सकिन्छ । उद्योगले अहिले प्रविधियुक्त चिम्नी बनाएको छ । चिम्नीको उचाइ करिब ७५ फिट छ । 

२५२ रोपनी क्षेत्रफलमा फैलिएको यस उद्योगमा स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारी गरी करिब तीन सय मजदुर कार्यरत छन् । 













 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।