आइतबार, जेठ १७, २०८३

भोटेकोशी नदीमा गाडी खस्यो

 |  शुक्रबार, भदौ २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २८, २०८१
National life
Shivam cement

सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ मा नदीमा गाडी खसेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेको छ।

नदीमा कुन गाडी खसेको हो र कति यात्रु छन् भन्ने खुलेको छैन। नदीको बहाव पनि ठूलो भएकाले गाडी निकाल्न समस्या भइरहेको छ।

प्रकाशित: Sep 13, 2024| 17:16 शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्