आइतबार, मंसिर २८, २०८२

सुनको मूल्य हालसम्मकै उच्च

 |  शुक्रबार, भदौ २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २८, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो।

बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ। यो हालसम्मकै उच्च बिन्दु हो।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ६०  निर्धारण भएको छ।

प्रकाशित: Sep 13, 2024| 11:59 शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्