बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा कञ्चनबारीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा कञ्चनबारीमा

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

National life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ४ मा बिहीबारदेखि कञ्चनबारी शाखा संचालनमा ल्याएकोे हो।

यो शाखासहित बैंकको शाखा संख्या २७३ पुगेको छ। नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ। बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बैंकका प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए। हाल बैंकको २७३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएमबाट सेवा दिइरहेको छ।

प्रकाशित: Sep 12, 2024| 17:07 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्