सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङको तापक्रम माइनस २० मा झर्‍याे, १८ घन्टासम्म हिमपात

मनाङको तापक्रम माइनस २० मा झर्‍याे, १८ घन्टासम्म हिमपात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मनाङ- लगातार परेको हिमपातका कारण मनाङको तापक्रम स्वाट्टै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार शुक्रबार बिहान मनाङको तापक्रम माइनस २० मा झरेको छ। 

हिमपातसँगै तापक्रम माइनस २० पुगेपछि स्थानीयको जनजीवन प्रभावित भएको । घरबाट बाहिर निस्किन नसक्ने अवस्था बनेको छ भने विद्यालयहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिए । चिसोका कारण खोला कुवा समेत जमेपछि पानीको अभाव भएको उनले बताए । 

मनाङमा बिहीबार दिउँसोदेखि लगातार हिउँ परिरहेको छ । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको प्रमुख जिल्ला अधिकारी देवकोटा जानकारी दिए । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । 

हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएको उनले बताए । लामो समयसम्म आकाशमा बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ ।

हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए । हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ । अहिले भने हिमपात रोकिएको छ । 

झन्डै १८ निरन्तर हिमपात भएको थियो । जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।