सोमबार, मंसिर २९, २०८२

पशुपतिको कोटिहोममा आम्दानीभन्दा खर्च बढी

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

काठमाडौं- गत साउनमा भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ मा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ।

National life

आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार  सम्मेलन गर्दै कोटिहोममा २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँबराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए।

यस्तै, कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ खर्च भएको उनले बताए। यसअनुसार महायज्ञमा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दाबी गरे। महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले बताए।

‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटिहोम भएको थियो। साउनभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो। तर अहिले आयोजकले ७२ लाख घाटा भएको विवरण सार्वजनिक गरेको हो।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ। यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गाँस, बास, कपासका साथै स्वास्थ्य सेवा दिँदै आएको छ।

Laxmi sunrise bank
kumari

महायज्ञ अवधिभर जगद्गुरु, साधुसन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन गरिएको थियो। बेलायत र भारतबाट पनि चर्चित कथा वाचिका आएका थिए । त्यही महायज्ञमा दलित समुदायका आचार्यलाई पनि ब्यासमा राखिएको थियो।

प्रकाशित: Sep 12, 2024| 14:34 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्