सोमबार, साउन ११, २०८३

मेचीनगरमा भीषण आगलागी, २२ घर नष्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भद्रपुर- झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा भीषण आगलागी हुँदा २२ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा बिहीबार राति करीब ८ बजेबाट शुरु भएको आगलागी करीब एक घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीबाट छेउछाउका अन्य केही घरमा समेत सामान्य क्षति पुगेको छ । मेचीनगर, भद्रपुर र विर्तामोडका तीन वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

स्थानीय छविलाल आङ्दम्बेको घरमा मैनवत्तीबाट सल्किएको आगो अनिन्यत्रित भएर फैलिँदा २२ घर जल्न पुगेको प्रहरी नायब उपरीक्षक महेश थापाले बताए । 

आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको र मेचीनगरमा एउटा मात्र दमकल भएकाले नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ । आगलागीका कारण भएको क्षतिबारे अनुसन्धान भइरहेको र आगलागीपीडितलाई राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीको टोली शुक्रबार बिहानै घटनास्थल पुगको छ । रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।