बुधबार, चैत १८, २०८२

देउवालाई ओलीले दिए जन्मदिनको शुभकामना

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्म दिनको शुभकामना दिएका छन्।

National life

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल चलिरहेका बेला उनले देउवालाई जन्म दिनको शुभकामना दिएका हुन् ।

'आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!'  देउवालाई शुभकामना दिएको तस्बिर फेसबुकमा राख्दै ओलीले लेखेका छन्।

ओलीले बालुवाटारमा देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन् ।  प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा प्रमुख दलका नेतासँग छलफल गरेका हुन्।

प्रधानमन्त्री ओली असोजको पहिलो साता संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जाँदैछन्।

kumari

प्रकाशित: Sep 12, 2024| 12:18 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्