झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी परेका छन्। झापाको अर्जुनधारा नगरपालिका-९ मा उनीहरु बिरामी परेका हुन्।
स्थानीय रिता निरौलाको घरमा बुधबार सत्यनारायणको पूजा लगाइएको थियो। सोही पूजाको प्रसाद खाँदा स्थानीयका साथै पाहुनासमेत बिरामी परेका हुन्।
बिरामीमध्ये अधिकांशमा पखाला र बान्ता भएको बताइएको छ। केहीलाई भने ज्वरोसमेत आएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।