बुधबार, पुस २, २०८२

पाँच महिनादेखि डाक्टर यादव बेपत्ता

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

धनुषाको भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रवोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्।

National life

काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनम कुमारीसँग टेलिफोनमा कुरा गरेका थिए। सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल अफ भएको उनकी श्रीमतीले बताइन्।

प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ।

प्रकाशित: Sep 12, 2024| 10:16 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्