बिहीबार, भदौ ४, २०८३

पाँच महिनादेखि डाक्टर यादव बेपत्ता

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

धनुषाको भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रवोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्।

काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनम कुमारीसँग टेलिफोनमा कुरा गरेका थिए। सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल अफ भएको उनकी श्रीमतीले बताइन्।

प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ।

प्रकाशित: Sep 12, 2024| 10:16 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्