शनिबार, पुस १९, २०८२

'हिंसा' शब्द रेकर्डबाट नहटेपछि संसद् बैठक अवरुद्ध

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।

National life

सभामुख घिमिरेका अनुसार भदौ ३० गतेसम्मका लागि बैठक स्थगित भएको छ।

घिमिरेले गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ गरेका छन्।

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादीका सांसदहरूले विरोध जनाएका थिए।

‘भदौ १२ गते माननीय योगेश भट्टराईले प्रयोग गरेको हिंसालाई असंसदीय भनी हटाउन मागसहित भएको नियमापत्तिबारे छलफल भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको रायअनुसार उक्त शब्द संसद्‍को अभिलेखबाट हटाउनुनपर्ने निर्णय भएको छ’, आजको बैठकमा सभामुख घिमिरेले भने।

Laxmi sunrise bank

उनले विभिन्न समयमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियापत्ति हुने गरेकाले त्यस्तो कार्य उचित नहुने पनि बताएका छन्।

योगेशले भदौ १२ को बैठकमा माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए। भट्टराईले माओवादीले चलाएको ‘जनयुद्ध’लाई हिंसा भनेर संसद्‍मा टिप्पणी गरेपछि विवाद भएको थियो।

उक्त विवादलाई लिएर सभामुख घिमिरेले आवश्यक निरुपणका लागि छलफल थालेका थिए। उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए।

प्रकाशित: Sep 11, 2024| 14:36 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्