आइतबार, जेठ १७, २०८३

युरोप पठाउने भनेर ठगेको आरोपमा कलाकार इकु पक्राउ

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

काठमाडौं- कलाकारका रूपमा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जना कलाकारलाई पक्राउ गरेको छ।

National life

सिआइबीले ललितपुर महानगरपालिका-२४ धापाखेल घर भई काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकरलाई पक्राउ गरेको हो।

विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप उनीमाथि छ।

विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत हुने प्रलोभन देखाएर उनले सञ्चालन गरिरहेको एसएमएस फिल्म्स प्रालीको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्न लगाउने गरेको आरोप छ। खातामा १५ देखि २० लाख सम्म जम्मा गर्न लगाएको खुलेको छ।

उनीमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ। उनीबाट ठगिएका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आउन पनि सिआइबीले अनुरोध गरेको छ।

Shivam cement

 

प्रकाशित: Sep 11, 2024| 14:31 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्