बुधबार, पुस २, २०८२

भोटेबहालको गेष्ट हाउसमा एक जनाको शव फेला

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ। 

सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 10, 2024| 20:30 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्