बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से निरन्तर ओरालो यात्रामा, कारोबार रकम पनि घट्दो

नेप्से निरन्तर ओरालो यात्रामा, कारोबार रकम पनि घट्दो

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबारदेखि नै दोहोरो अंकले घटेको सेयर बजार आज पनि ओरालो लागेको हो।

National life

आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा अडिएको छ। आज १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ।

हिजो सोमबार नेप्से परिसूचक ५८.८६ अंकले घटेर २६४६.०३ को विन्दुमा अडिएको थियो र २ करोड ९ लाख १७ हजार ९८२ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो।

यसैगरी आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० को विन्दुमा अडिएको थियो। त्यसदिन २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो।

प्रकाशित: Sep 10, 2024| 15:30 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्