बुधबार, पुस २, २०८२

काठमाडौंका छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१

काठमाडौंका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन्।

National life

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना गरी दुई जनाको शव भेटिएको हो।

निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ। उनी गेस्ट हाउसभित्रै मृत फेला परेका हुन्।

त्यसैगरी कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नामथर तथा वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 10, 2024| 14:47 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्