सोमबार, साउन ११, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज पुस १२ गते बिहीबार कहाँ के-के भयो? अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी।

काठमाडौंमा अचानक चिसो हावा

राजधानीमा बिहिबार अचानक चिसो हावा चलिरहेको छ। पुस सुरु भएसँगै देशभरको तापक्रममा गिरावट आएको छ। उत्तरतिरको हिमाल छोएर आउने हावामा चिसोको मात्रा बढी हुन्छ। केही वर्षअघिसम्म पश्चिम दिशाको हावामात्रै प्रवेश हुने राजधानी खाल्डोमा अहिले उत्तर/पश्चिमी दिशा भएर हावा बहने गरेकाले चिसो वायुको मात्रा बढी भएको र तापक्रम घटेको मौसमवीदले जनाएका छन्।

मन्त्रिपरिषद्‍ले गर्‍यो तीन सय बिजुली बस किन्‍नेसहितका १३ निर्णय

सरकारले तीन सय वटा विद्युतीय बस किन्नेसहितका १३ निर्णय गरेको छ। मन्त्रिपरिषद्‍को पुस ६ गते र ९ गते बसेको बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएङ्का छन्। सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकारले आफ्नै लगानीमा तीन सय विद्युतीय बस खरिद् गर्ने निर्णय गरेको बताएका हुन्। 

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध कस्ता उजुरी परे ?

प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा नौ वटा उजुरी परेका छन्। उजुरीमाथिको सामान्य छलफल र अध्ययपछि समितिले राणालाई सुनुवाईका लागि डाक्नेछ। त्यसअघि उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो तीन बजे उजुरीकर्तालाई बोलाएको छ।

सरकारी वार्ता टोलीलाई विप्लव समूहले टेरेन

सरकारी वार्ता आह्वानलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लत्याएको छ । वार्ताका लागि गरेको आग्रहलाई सो पार्टीले लत्याउँदा विगत चार महिनादेखि जारी वार्ता प्रयास विफल भएको सरकारी वार्ता टोलीले जनाएको छ । 

नेकपा बैठकमा ओलीले जवाफ दिए

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा सदस्यहरुले उठाएको सवालको जवाफसहित आफ्नो धारणा राखेका छन्।

देउवा र रामचन्द्र दुवैलाई मान्दिनँ : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको नेतृत्व आफूले स्वीकार नगर्ने बताएका छन्। कांग्रेसको महासमिति बैठकलगत्तै सञ्चारकर्मीलाई बोलाएर नेता सिटौले यस्तो बताएका हुन्।

ढलेको चार वर्षपछि धरहराको शिलान्यास : अब बन्‍ला त धरहरा? 

२०७२ सालको बिनाशकारी भूकम्‍पले ढलाएको धरहरा झन्‍डै चार वर्षपछि फेरि शिलान्‍यास भएको छ । लामो अन्योल र अलमलपछि नेपाली लगानीमा धरहरा निर्माणको प्रक्रिया थालिएको हो। यसअघि पनि अघिल्लो पटक सरकारको नेतृत्‍वमा हुँदा केपी शर्मा ओलीले नै नेपाली लगानी धरहरा बनाउने योजनासहित शिलान्‍यास गरेका थिए।

मेलम्चीमा कसले माग्यो कमिसन?

सांसदहरूले खानेपानीमन्त्री बिना मगरसँग मेलम्ची अयोजनामा कमिसन माग्नेको नाम खुलाउन माग गरेका छन्। संसद्को विकास तथा प्रविधि समितिका बिहीबारको बैठकमा सांसदहरूले मन्त्री मगरसँग कमिसन माग्नेको नाम बताउन आग्रह गरेका हुन्। मन्त्री मगरले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेलम्ची आयोजना समयमै सम्पन्न हुन नदिन ठूलै चलखेल भएको बताएकी थिइन्। 

सेयर बजारमा व्यापक उत्साह, झन्डै सबा अर्बको कारोबार

पुँजी बजार सुधारका लागि राष्ट्र बैंकले पहल थालेपछि सेयर कारोबारमा व्यापक उत्साह देखिएको छ। बिहीबार एक अर्ब १२ करोड बढीको कारोबार भएको छ। धेरैपछि सेयर कारोबार अंकले एक अर्ब नाघेको हो। यसले बजारमा दीर्घकालीन सुधारको संकेत देखिएको छ।

उपभोक्ता ठग्दै ११५ उद्योग

सानादेखि ठूला घरानाका केही उद्योगी तथा व्यवसायी अझै उपभोक्ताप्रति गैरजिम्मेवार देखिएका छन्। चालू आर्थिक वर्ष ०७५/७६ को कात्तिकसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सय १५ उद्योगी तथा व्यवसायीविरुद्ध अखाद्य वस्तु उत्पादन गरी बिक्री गरेको आरोपमा मुद्दा दायर गरेको हो।

प्राइम लाइफ इन्स्योरेन्सका तीन कर्मचारी ठगी आरोपमा जेल चलान

वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छ मध्ये तीनजना पुर्पक्षका लागि जेल चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन्।

जनकपुरमै घर भएका सांसदले पनि लिन्छन घरभाडा 

प्रदेशसभा सांसदहरुलाई सचिवालयले मासिक तलब, बैठक भत्तासहित विभिन्न शीर्षकका सुविधाहरु उपलब्ध गराएको छ। प्रदेशसभा सचिवालयले सांसदहरुलाई घरभाडा वापतसमेत सुविधा दिने गरेको छ। 

भूमिहीनको माग : हामीलाई बाँच्न देऊ

भूमिहीनहरूले अझै पनि आफ्ना माग सुनुवाइ नभएको बताएका छन्। राष्ट्रिय भूमि अधिकार मञ्चले राजधानीमा आयोजना गरेको भूमि र राजनीतिक विषयक संवादमा सहभागी भूमिहीनहरूले सरकारले कानुन सम्मत रहेका माग पूरा नगरेर बाँच्ने अधिकारबाट समेत वञ्चित गर्न खोजेको आरोप लगाएका हुन्।

१ जनवरीमा छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने

पाँच वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस यस वर्ष पनि जनवरी १ मा भव्यताका साथ मनाइने भएको छ।  यो अभियान देश विदेशका नेपाली र नेपालीमूलका नागरिकहरुको अथाह सहभागिताका कारण छोटो समयमै देश बिदेशमा व्यापक भइरहेको छ।

दोस्रो बिहे गर्ने सालीभेना पक्राउ   

बहुविवाहको अभियोगमा सालीभेना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ढकारी गाउँपालिका १ किम्तोलाका प्रेमप्रसाद रिमाल र मंगलसेन ६ कि उर्मिला भण्डारी पक्राउ परेका हुन्। उनीहरुलाई जिल्ला अदालत अछामबाट म्याद थपगरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । 

बिसिजी खोप लगाएपछि शिशुको मृत्यु, पाटन अस्पतालमा तनाव

बिसिजी खोप लगाएको दोस्रो दिन शिशुको मृत्यु भएपछि ललितपुरस्थित पाटन अस्पताल तनावग्रस्त बनेको छ। जुम्लाको कुनका सुन्दरी घर भइ हाल ललितपुरको सुनाकोठीमा बस्ने राजबहादुर रावतको छोराको पुस ९ गते खोप लगाएको बच्चाको पुस १० गते पाटन अस्पतालमा मृत्यु भएको हो।

यसकारण बढ्दैछ प्राविधिक शिक्षामा आकर्षण

ज्ञानको भण्डारको रुपमा परीचित त्रिभुवन विश्वविद्यालयका मानाविकी संकायका कक्षाहरु खाली भईरहेको बेला प्राविधिक शिक्षालयमा भने विद्यार्थिहरुको आकर्षण बढ्दै गएको छ। नेपालमा प्राविधिीक शिक्षाको व्यवस्थापन सिटीईभिटीले गर्दै आएको छ।

सलमान बने इन्‍डियन आइडल

सोनी टीभीबाट प्रसारित भारतीय चर्चित गायन रियालिटी सो इन्डियन आइडल सिजन १० को उपाधि सलमान अलीले जितेका छन्। प्रतियोगिताको फाइनल चरणमा फस्ट रनरअप अंकुश भारद्वाज र सेकेन्ड रनरअप निलान्जना रे घोषित भए। 

दुई खेल अगावै लिग जित्दै मनाङले रच्यो कीर्तिमान

मनाङ मस्र्याङ्दी क्लबले दुई खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । यस जितसँगै मनाङले लिगको उपाधि ८ औं पटक जित्दै कीर्तिमानी रचेको छ  । एन्फ कम्प्लेक्स बिहिबार भएको खेलमा संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङले लिगका दुई खेल खगावै लिगको उपाधि जितेको हो । 
 
बिग ब्यास लिगमा सन्दीपको चमत्कार, तीन खेलमा ७ विकेट

नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछाने यतिबेला अष्ट्रेलियन टी-२० क्रिकेट लिग बिग ब्यास खेलि रहेका छन् । मेलबर्न स्टार्सबाट लिग खेली रहेका सन्दीपले यतिबेला बिग ब्यासमा चमत्कार देखाई रहेका छन् । 

साँचै रोनाल्डोबिना अपुरो छ युभेन्टस 

इटालियन सिरी ए अन्तर्गत बुधबार राति एटलान्टाविरुद्धको खेलमा पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रानाल्डोई बेन्चमा रखिएको थियो । प्रशिक्षक मासिमिलानो एलेग्रीले उनलाई च्याम्पियन्स लिगका लागि प्राथमिकतामा राख्दै बेन्चमा राखेका थिए । 

अमेरिकी राष्ट्रपति अकस्मात किन गए इराक?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुगेका हुन्। उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उनको भ्रमणको बारेमा जानकारी गराइएको थियो।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।