बिहीबार, भदौ ४, २०८३

खेलाडीको स्वास्थ्य परीक्षण अबदेखि नि:शुल्क हुने

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१

अबदेखि खेलाडीको नि:शुल्क स्वास्थ्य परीक्षण हुने भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबिच खेलाडीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने त्रिपक्षीय सम्झौता भएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतको उपस्थितीमा काठमाडौं बासबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार सम्झौता गरिएको छ। सम्झौतापत्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र केन्द्रका अधिकारीले हस्ताक्षर गरेका छन्।

प्याराओलम्पिकमा पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेर कार्यक्रम शुभारम्भ भएको हो।

प्रकाशित: Sep 10, 2024| 10:42 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्