शुक्रबार, चैत २०, २०८२

पोल्याण्ड पठाइदिन्छु भनेर ३ लाख ठग्ने पक्राउ

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

काठमाडौं- वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै रु तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । 

National life

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकी निज चुँडालले एकजनालाई पोल्याण्ड लैजाने भन्दै रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामनाबाट पक्राउ गरिएको हो ।”

निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: Sep 09, 2024| 20:26 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्