आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ऊर्जा राज्यमन्त्री कान्छारामलाई गृहजिल्लामा कांग्रेस कार्यकर्ताको कालो झण्डा

ऊर्जा राज्यमन्त्री कान्छारामलाई गृहजिल्लामा कांग्रेस कार्यकर्ताको कालो झण्डा

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई गृहजिल्ला रामेछापमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध गरेका छन्। कांग्रेस रामेछापका सभापतिसमेत रहेका मन्त्री कान्छारामलाई आफ्नै कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध गरको हुन्।

National life

उनी बीपी जयन्ती मनाउन गृहजिल्ला पुगेका थिए।

जिल्ला कार्य समितिका सचिव दीपक खड्काले आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै सभापति कान्छारामको विधान विपरीत तानाशाही प्रवृत्ति बढिरहेकाले त्यसकाविरुद्ध एकजुट हुन आह्वान गरेका थिए।

सचिव खड्काका अनुसार कान्छारामले कसैसँग सल्लाह नगरी कार्यक्रम राखेका थिए। उनले आजको कार्यक्रम रोक्नसमेत माग गरेका थिए।

पार्टी जिल्ला समितिमा किचलो रहेकै अवस्थामा विपी जयन्ती मनाउन पुगेका कान्छारामलाई कालो झण्डा देखाइएको हो। उनी विवादित ठेकेदार पनि हुन्। उनका अधिकांश ठेक्काहरु अलपत्र अवस्थामा छन्। 

Shivam cement

प्रकाशित: Sep 09, 2024| 16:43 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्