बिहीबार, भदौ ४, २०८३

जावलाखेलमा बिजुलीको पोल गाडीमाथि ढल्यो

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

ललितपुरको जावलाखेलमा गुडिरहेको गाडीमाथि बिजुलीको पोल ढलेको छ।

सोमबार अपराह्न जावलाखेलस्थित नेपाल टेलिकम पछाडिको बाटोमा पोल ढलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। घटनामा मानवीय क्षति भएको छैन, गाडीमा भने क्षति पुगेको छ।

नेपाल प्रहरी र महानगर प्रहरी घटनास्थलमा पुगेका छन्। महानगर प्रहरीले पोलमा रहेको तार काटेर निकाल्ने प्रयास गरिरहेको छ।

प्रकाशित: Sep 09, 2024| 16:37 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्