मंगलबार, पुस १, २०८२

सहकारी पीडित र सरकारबीच सहमति, आन्दोलन फिर्ता

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

काठमाडौं- सहकारी बचतकर्ताको रकम फिर्ता र आन्दोलनरत सहकारी पीडितहरुको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमति भएसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ।

National life

सहमतिसँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना कार्यक्रम पनि स्थगन गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएको हो ।

सहमतिपछि सहकारी विभागका उपरजिस्ट्रारको संयोजकत्वमा ७ सदस्यीय  कार्यदल गठन भएको छ। समितिमा उपरजिष्ट्रार संयोजक, सहकारी मन्त्रालय, सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको प्रतिनिधि हुनेछन्।

प्रकाशित: Sep 09, 2024| 16:34 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्