सोमबार, साउन ११, २०८३

सरकारविरुद्ध आन्दोलन गर्ने ‘एचए’ को तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- सरकारले बढुवाको नाममा स्वास्थ्य क्षेत्रलाई बिगार्ने काम गरेको भन्दै प्रदेश २ मा कार्यरत हेल्थ एसिसटेन्ट (एचए) हरुले आन्दोलनको चेतावनी दिएका छन्। 

राज्यले एचए पदमा आफ्नै ढंगले केही कर्मचारीहरुलाई बढुवा गर्ने आन्तरिक तयारी गरेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका हुन् । बिहिबार जनकपुरमा प्रदेशस्तरीय हेल्थ एसिसटेन्टहरुको भेलामा बोल्दै उनीहरुले राज्यले कर्मचारी बढुवाको नाममा राज्यले स्वास्थ्य क्षेत्र र कर्मचारी बिगार्ने खेलमा लागेको आरोप लगाएका छन्।

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहसमेत उपस्थित रहेको कार्यक्रममा हेल्थ एसिसटेन्ट संघका कार्यबाहक अध्यक्ष दिपेन्द्र खड्काले कर्मचारी बढुवासम्बन्धी सरकारले लिएको नीतिको विरोधमा आन्दोलनका लागि तयार रहन आग्रह गरेका छन् । कर्मचारी मिलान गर्दा योग्यता र अनुभव दुबै कुरालाई ध्यानमा राखेर बढुवा गरिनुपर्ने उनको भनाइ थियो ।

सामाजिक विकास मन्त्री साहले एचएहरुका हकहितका लागि प्रदेश सरकार सदैव तयार रहेको बताए। प्रदेश २ लाई स्वास्थ्य क्षेत्रको नमूना प्रदेश बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै मन्त्री साहले राम्रो संगठन बनाएर स्वास्थ्य क्षेत्रमा अलग पहिचान बनाउन एचएहरुलाई आग्रह गरे।

प्रदेश २ का स्वास्थ्यकर्मीहरु मुलुकभर छरिएर रहेपनि आफ्नै प्रदेशमा सेवा दिन नसकेको मन्त्री साहको गुनासो थियो । भेलामा प्रदेश २ का आठै जिल्लाका एचएहरुको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।