आइतबार, जेठ १७, २०८३

निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत लाइन जोडियो

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

बागलुङ- नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्‍याएको छ। बडिगाड गाउँपालिका-१० मा बाढीले लघुजलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पुर्‍याएको हो। 

National life

गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड-१० दर्लिङ, निगलपानीलगायत क्षेत्रमा केन्द्रीय विद्युत् पुर्‍याएको विद्युत् प्राधिकरणका कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिए। गत बुधबारदेखि अस्थायी कार्यालय सञ्चालन गरी एक सय ८२ मिटर वितरण गरिएको उनको भनाइ छ।

यस क्षेत्रमा पहिले लघुजलविद्युत् आयोजनाबाट विद्युत् प्रयोग गर्दै आएकामा बाढीले पूर्णरूपमा बगाएपछि सयौँ घरपरिवार अन्धकारमा थिए। बाढीले गाउँको धेरै स्थानमा क्षति पुर्‍याएको हुँदा गुल्मीको मुसिकोट, मालिका गाउँपालिका हुँदै दर्लिङमा लाइन जोडिएको प्रमुख पौडेलको भनाइ छ।

गाउँमै पुगेर मिटर विरण गरेको केन्द्रले अतिविपन्न परिवारलाई निःशुल्क मिटरबक्स प्रदान गरेको उनको भनाइ छ। करिब आठ सय घरपरिवारमध्ये तीन सय ५० घरमा सेवा पुगेको र अन्य घरमा पोल मर्मतसम्भार गरिरहेको हुँदा दसैँअगाडि लाइन पुर्‍याउने पौडेल बताउँछन्।

बडिगाड गाउँपालिका-१० का अध्यक्ष वीरेन्द्र बुढामगरले एक महिनादेखि अन्धकारमा हरेका दर्लिङवासी केन्द्रीय लाइन आएपछि उज्यालो पाएको बताए। बाढीले गाउँमा धनजनसहित भौतिक पूर्वधारमा क्षति पुर्‍याएको उनको भनाइ छ। बाढीमा परी ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ। रासस

Shivam cement

प्रकाशित: Sep 09, 2024| 22:01 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्